राजनीति

सबै

कांग्रेसको केन्द्रीय विभागमा सोलुखुम्बुका ६ मनोनित

सोलुखुम्बु – नेपाली कांग्रेसको केन्द्रीय विभागहरुमा सोलुखुम्बुका ६ जना मनोनित भएका छन् । पार्टी सभापति शेर बहादुर देउवाले विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम गरेको मनोनयनमा सोलुखुम्बुबाट भिन्न ५ विभागका सदस्यमा ६ नेता मनोनित भएका छन्...

खेलकुद

सबै

सोलुखुम्बु : थुलुङ दुधकोशीमा खेलग्राम शिलान्यास, यस्तो बन्नेछ खेलग्राम

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले आइतबार वडा नं ६ मुक्ली मैदेलका स्थानीयले निशुल्क उपलब्ध गराएको ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने गरि खेलग्र...

बिज्ञान -प्रबिधि

सबै

मनोरञ्जन

सबै

सोलुखुम्बुबाट युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’को थालनी

सोलुखुम्बु - सोलुखुम्बुबाट युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’ निर्माण हुने भएको छ । ‘स्कुल अफ लाइफ’ सस्थाले युटुब सिरिजको रुपमा पहिलो पटक निर्माणको काम थालनी गरेको हो । सल्लेरी आसपास छायांकन गरिने सिरिजमा मुख्य कलाकारको भुमिकामा बारिस सोना...

सोलुखुम्बु – कोरोना कहरकै बीच हजारौ दर्शनार्थी दुधकुण्ड पोखरी पुगेका छन् । जनैपुर्णिमाको अबसरमा बर्षेनी लाग्ने मेला यो पटक कोरोना भाइरस संक्रमणको जोखिमकै कारण औपचारिक रुपमा नलाग्ने भनिएपनि दर्शनार्थीहरु स्वस्फुर्त धार्मिक स्थलहरुमा पुगेका छन् ।

नियमित पुजाआजा मात्रै गर्ने तयारीमा जुटेका ‘सानो दुधकुण्ड’को नामले परिचित सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित सेतिदेवीको मन्दिरमा हजारौ दर्शनार्थीले दर्शन गरेका छन् । मन्दिर परिसरमा अघिल्ला बर्षहरुकै झल्को दिने गरि दर्शनार्थीको लाइन देख्न सकिन्थ्यो । उद्यपी, मेला नलाग्ने भनेकाले रक्षाबन्धन र व्यापारका लागि पण्डित र व्यापारीहरु भने थिएनन् । मनोकांक्षा पुरा हुने विश्वासको आधारमा दर्शनार्थीहरु मास्क विनै मन्दिर पुगेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुपसिंह तामाङले नियमित पुजाका लागि मात्र स्थानीय प्रशासनसंग अनुमति लिएको भएपनि दर्शनार्थीको भिडले दर्शन खुला गर्न बाध्य बनेको बताए । मन्दिरका पुजारी दावा तामाङले दर्शनार्थीको भापकै कारण सामाजिक दुरी र अन्य सावधानीको कुनैपनि उपाय अपनाउन नपाएको बताए । अघिल्लो बर्ष भन्दा केही संख्यामा मात्र दर्शनार्थी घटेको व्यवस्थापन समितिको भनाई छ ।

उता, सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा अवस्थित दुधकुण्ड पोखरीमा पनि सयौँ दर्शनार्थी पुगेका छन् । साउने सोमबारका दिन जनैपुर्णिमा परेकाले पनि दुधकुण्ड जानेलाई रोक्न नसकिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिका ८ चाँगेस्थानमा पनि सयौँको संख्यामा दर्शनार्थी पुगेका छन् भने थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा अवस्थित जालिमदेवी मन्दिरमा पनि सयौँ दर्शनार्थी पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यद्यपी, ती धार्मिक स्थलमा जनैपुर्णिमा मेला कोरोनाकै कारण स्थगीत गरिएको थियो ।

कोरोना त्रास भुलेर धर्मकर्म : हजारौँ पुगे दुधकुण्ड (भिडियो सहित)

error: Content is protected !!