खुम्बुमा जारी पुरुष भलिबलको उपाधि फ्रेन्डसिपलाई

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ४

खुम्बुमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि फ्रेण्डसिप युथ क्लब लुक्लाले उचालेको छ ।

खुम्बु किरात राई उत्थान समाजले उभौली पर्वको अवसरमा आयोजित प्रतियोगिताको उपाधि फ्रेण्डसिप लुक्लाले जितेकोे हो । प्रतियोगीतामा खुम्बु किरात राईले दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने खुम्बु मगर समाज सेवाले तृतीय स्थान ओगटेको छ ।

सोलुखुम्बु र खोटाङका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ः नगद ७६ हजार ७६, ५० हजार ७६ र २५ हजार ७६ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको तोया श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार