गायन क्षेत्रमा उदाउदै रश्मी

खोटाङ –

खोटाङ नेपाली सांगितिक क्षेत्रको लागि उर्वर भूमि नै हो । राजेश पायल राई, महेश खड्का, शान्तिराम राई, धिरज राई, सत्यकला राईजस्ता सफल हस्ती तथा अनगिन्ति कलाकार जन्म दिएको यस जिल्लाले रश्मी राईलाई पनि सुमधुर स्वरसहित कलाकारीतामा जन्म दिएको छ ।

जन्तेढुङ्गा –४ डम्वर्खुशिवालयको चुम्लुङ घर भएकी रश्मी राई पछिल्लो समय नेपाली सांगितिक आकासमा एउटा चम्किलो ताराको रुपमा उदाएकी छन् । विभिन्न भाषामा आफ्नो सुमधुर आवाज दिन सक्ने रश्मी विभिन्न वोलका गित गाएर स्रोताको मन–मनमा बस्न सफल भएकी छन् ।

बाबु प्रसाद राई र आमा धनकुमारी राईकका चार छोरीमध्ये जेठी छोरी रश्मी नवोदित गायीका हुन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेपछि काठमाडौं छिरेकी रश्मीले गायनका क्षेत्रमा रहेका समस्या र जिबीकोपार्जनमा थपिएका चुनौतिसंग भिड्दै अहिले चार भाषामा आफ्नो स्वर दिन सफल बनेकी छन् ।

नेपाली, चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिएकी रश्मीले दर्शक तथा स्रोताको ध्यान आफुमा तान्न सफल भएकी छन् । उनले हालसम्म दुई दर्जन भन्दा बढी गित गाईसकेकी छन् । एक–दुई –तीन भन्दै मायाको गल्ती सुरु भयो वोलको गित स्टुडियोमा पहिलो पटक रेकर्ड गराएकी रश्मीले खोटाङ जिल्लाको सम्पूर्ण सेरोफेरोलाई शव्दमा समावेश गरिएको दुवेधारापानी हाटैमा बोलको गित समेत गाएकी छन् ।

रश्मीले स्वरमा रहेको फर्की आउँनु है राजा, जलेको छ मेरो मुटु छिया–छिया पार्छौ, धरान शहरको भानु चोकमा भेटौ न कान्छा मेलैमा लगायतका गित बजारमा सवत्र रहेका छन् । ए है हो सोल्टी ज्यू, नाकैमा टल्केने झम्के फुली, बरको छाँयाले मर्नु न बाँच्नु पार्यो है मायाले जस्ता गितहरु श्रोतामाझमा ल्याएकी छिन् । रश्मीले गाएका अधिंकास गितहरु यूवापुस्तामा मिल्दोजुल्दो भएपछि यूवापुस्ताले उनको गितलाई बढी मन पराउँने गरेका छन् । रश्मीले गाएका गितको भिडियो पनि बजारमा आएका छन् ।

रश्मीले भनिन, “मैले हालसम्म आधुनिक र पप गीत गाएकी छु । म राईकी छोरी भएकी हुँदा बान्तवा, कोइलिङ र चाम्लिङ भाषामा पनि गीत गाएकी छु । साकेला, उद्यौली र उभौलीका गीतहरु पनि थुपै्र गाएकी छु ।”

रश्मीले गाएको भेडेटारमुनी सुन्दर धरान बजार भन्ने गित बजारमा यहि हप्ता रिलिज हुदैछ । यस्तै रश्मीकै स्वरमा रहेको रैछाकुले माईतीको चेली हुँ म खियामा वोलको गित पनि यहि हप्ताभीत्रमा रिलिज हुदैछ । यो गितमा रश्मीले चाम्लीङ र नेपाली भाषामा आफ्नो स्वर दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार