३८ सय मिटर उचाईमा ‘निशुल्क आँखा शिविर’

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ५

समुन्द्रि सतह देखि ३ हजार ८ सय ८० मिटरको उचाईमा अवस्थित खुन्दे अस्पतालमा संचालन गरिएको दुई दिने आँखा शिविरबाट उच्च हिमाली भेगका नौ सय सर्वसाधारण लाभान्वित भएका छन् ।

खुम्बुपासाङल्हमू गाउँपालिका ४ स्थित अस्पतालमा बुधबार र बिहीबार सञ्चालन गरिएको शल्यक्रिया सहितको निशुल्क आँखा शिविरबाट ५१ जनाको मोतिबिन्दु रोगको शल्यक्रिया गरिएको छ भने ९२ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ ।

खुन्दे अस्पताल (हिमालय ट्रस्ट नेपाल)को आयोजना तथा र तिलगंगा आँखा प्रतिष्ठानर जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको प्राविधिक सहयोगमा संचालित शिविरबाट आँखा ज्योति गुमाएका ५१ जनाको शल्यक्रियापछि ज्योति फर्काइएको सामुदायिक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले बताए ।

मोतिविन्दुका कारण बर्षौ देखि दृष्ट्रि गुमाएका सर्वसाधारणले आँखा देख्ने भएपछि नयाँ जीवन पाएको भन्दै शिविर संचालकलाई धन्यवाद दिए । शिविरमा लोवुचे, दिङबुचे, खुम्जुङ, छोकुङ, थामे, नाम्चे, पाङबोचे, फोर्चे लगायतका उच्च हिमाली भेगका जेष्ठ नागरिकहरुले सेवा लिएका छन् ।

हिमाली भेटमा भौगोलिक विकटताकै कारण मोतिविन्दुको समस्याबाट आँखाको ज्योति गुमेर अन्धकारमा बस्नुपर्ने बाध्यतालाई हटाउन शिविरको आयोजना गरिएको हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बु संयोजक नव भूजेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार