बसन्त थापालाई ५ प्रश्न

  सुमेरु संबाददाता

जोगीको भेषैमा देखि नजाउ है सानु, डाँडै फर्के सल्लो, रुमाल हल्लाई हल्लाई, उहि खोलीको माछी हुदै सालको पातको टपरी हुनी दोहोरी गीतसम्म आउदा बसन्त थापाले आफूलाई अब्बल संगीतकारको रुपमा उभ्याईसकेका छन् । बाग्लुङमा जन्मे हुर्केका थापाले संख्यात्मक भन्दा गुणात्मक गीतमा जोड दिददै आएका छन् ।

तपाईलाई संगीतकार, गायक या मोडल मध्ये कुन परिचय सुहाउछ ?

गायन र मोडलिङ भन्दा संगीतमा अलि अब्बल लाग्ने भएकाले मलाई संगीतकार भन्न रुचाउछु ।

गीत चल्नुमा कुन पक्षको भूमिका महत्वपुर्ण हुन्छ ?

शब्द, संगीत र म्यूजिक भिडियोलाई संयोजन गर्न सकियो भने दर्शक स्रोताको मन जित्न सकिन्छ भन्ने लाग्छ, मलाई ।

विकृतीमूलक सृजना पनि बजारमा आइरहेकै छन् नी ?

सृजनाले सर्जकको परिचय झल्कने गर्छ । त्यसकारणले सर्जक समाजलाई के दिन खोजेको हो भन्ने विषयमा प्रष्ट हुन जरुरी छ । त्यसो गर्न सकिए सृजनामा सभ्यता र मिठास दिन सकिन्छ ।

आँफै पनि गायक, सालको पातको टपरी किन गाउनुभएन ?

कलाकारले आफ्नो फिलिङस बिक्रि गर्ने हो । लामो समय देखि गायक कुलेन्द्र विश्वकर्मा पनि आफ्नो गीत लिएर आउनुभएको थिएन् । उहाँ संग कुरा मिल्यो, गाउनुभयो । गीतले मागेको स्वर पाएकाले पनि गीत मन पराईयो ।

गीत अलि खर्चालु भयो, हो ?

हो, पछिल्लो समय नेपाली चलचित्रमा लोकलयका गीतले सफलता पाईरहेको बेला चलचित्रका गीतलाई प्रतिस्प्रर्धा गर्नुपर्ने अवस्था आएकाले पनि खर्च बढि गरियो । सफलता पनि कमायो । फेरि, गीत खर्चालुको अर्थ, अडियो भिडियो दुवै गुणस्तरिय बन्नु हो । सालको पातले लोक गीतको ट्रेनलाई बदलियो ।

 

न्यूज ट्वान्टी फोको छ प्रश्नमा गरिएको अन्तरवार्ताको आधारमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार