प्रध्यानाध्यापक नियुक्ती गर्न दरखास्त आब्हान

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ६

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रध्यानाध्यापक नियुक्तीका लागि दरखास्त आब्हान गरेको छ । २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’ घोषणा गरेरै अघि बढेको गाउँपालिकाले खुला प्रतिस्प्रर्धाबाट उच्चतम अंक ल्याउने शिक्षकलाई ९ माध्यमिक विद्यालय सहित ५२ आधारभूत विद्यालयमा प्रध्यानाध्यापकको रुपमा नियुक्त गर्नलाई दरखास्त माग गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

जेठ १० गतेसम्म परिक्षाका लागि आवेदन माग गरेको गाउँपालिकाले विद्यालय सुधार योजना पेश गर्ने समय जेठ १८ सम्म ताकेको छ । प्रध्यानाध्यापक नियुक्तीका लागि लिखित, अन्तरवार्ता र सुधार योजनाको विधि अपनाईएको छ । योग्यता पुगेका शिक्षकहरुले ५० अंकको लिखित परिक्षा दिनेछन् भने २५÷२५ अंकमा विद्यालय सुधार योजना र अन्तरवार्ता दिनुपर्ने व्यवस्था मिलाईएको छ ।

कक्षा ३ सम्म संचालन हुने विद्यालयमा प्रध्यानाध्यापक बन्न चाहनेको योग्यता न्यूनतम प्लस टु उत्र्तिण र ४ बर्ष स्थायी भएको हुनुपर्ने तोकिएको छ । कक्षा १२ सम्म पढाई हुने विद्यालयका लागि प्रध्यानाध्यापक बन्न न्यूनतम स्नातक उत्तिर्ण र ४ बर्ष स्थायी भएको तथा माध्यमिक विद्यालयको प्रध्यानाध्यापक बन्न चाहनेका लागि स्नातकोत्तर उत्र्तिण र ४ बर्ष स्थायी भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

आगामी जेठ २२ गते लिईने परिक्षामा सहभागी बन्नका लागि दर्जन बढि शिक्षकले निवेदन दर्ता गराइसकेको गाउँपालिकाले जनाएको छ । समय बाँकी रहेकाले प्रर्याप्त दरखास्त आउने गाउँपालिकाले जनाएको छ । उद्यपी, कतिपय अनुभवी प्रध्यानाध्यापकहरु परिक्षामा सहभागी हुन आनाकानी गरिरहेको स्रोतले बताएको छ ।

शैक्षिक सुधारका लागि गाउँपालिकाको कदम स्वागतयोग्य भएपनि अनुभवी प्रध्यानाध्यापकहरु परिक्षामा सहभागी बन्ने÷नबन्ने विषयमा दोधारमा देखिएको एक माध्यमिक विद्यालयका प्रध्यानाध्यापकले बताए । उनले भने, ‘योजना भएको ऊर्जावान् शिक्षक प्रध्यानाध्यापक बन्नु खुसीको कुरा भएपनि बर्षौ देखि प्रध्यानाध्यापक चलाएको शिक्षक बाहिरिदा उनीहरुको मनोवल खस्कने चिन्ता पनि उत्तिकै बढेर आएको छ ।’ गाउँपालिकाले भने खस्किदो शिक्षालाई माथी उकास्न खुला प्रतिस्प्रर्धाबाट प्रध्यानाध्यापक नियुक्ति नै उत्तम विकल्प भएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार