सोलुमा प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीता हुने

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ६

सोलुखुम्बुमा १ नं प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीता हुने भएको छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापन, पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा आगामी जेठ १७ देखि २१ सम्म ब्याटमिन्टन प्रतियोगीता हुन लागेको हो ।

सल्लेरीको कबर्डहलमा हुने प्रतियोगीतामा प्रदेशभित्रका १४ जिल्लाका करिब दुईसय खेलाडीको सहभागीता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिबि राणापालले जानकारी दिए ।

महिला–पुरुषको खुला प्रतिस्प्रर्धा हुने प्रतियोगीताले जिल्लामा ब्याटमिन्टन खेलको विकासमा ऊर्जा थप्ने आश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार