गायक राजन कार्कीलाई ३ प्रश्न

  शिखर जंग श्रेष्ठ

राजन कार्की लोक क्षेत्रमा पछिल्ला पुस्ताका प्रतिभावान् कलाकार हुन्, चाहे गायन, चाहे सृजना होस् । उनका प्रस्तुती अब्बल नै हुने गर्छन् । दर्जनौ मनछुने गीत गाएका राजनले ‘पान खायो मायाले चुना हालेर’लाई दर्शकले मन पराए । त्यसपछि माछीमा खोली लिएर बजारमा आए । पोखरामा बसेर लोक क्षेत्रमा सक्रिय कलाकार कार्कीसंग सूमेरु न्यूजले गरेको कुराकानीको सम्पादित अंश –

पछिल्लो गीतको बजार प्रतिक्रिया कस्तो छ ?

राम्रो छ । मेरो लागि नयाँ अनुभव पनि हो, यस अर्थमा की आफ्नै शब्द भाकामा तयार भएको गीतमा आँफैले स्वर दिएको छु । निर्माता पनि आँफै, आफ्नै यूटुव च्यानलबाट गीत बजारमा पठाएको छु ।

पछिल्लो ट्रेन अनुसार लगानी बढ्यो नी ?

लगानी बढाएर गीत हिट हुनेमा विस्वास गर्दिन् । चलचित्रका गीतको सिको गरेर हाम्रो लगानीले पार पनि पाउदैन् । अडियो गुणस्तरिय बनाउन जरुरी छ । गीतलाई न्याय गरेर भिडियो बनाए पनि दर्शकको माया बटुल्न सकिन्छ भन्ने बुझाई छ । भ्यूज बढि देखाउन बुष्ट प्रवृत्ति मौलाउदै गयो । गीत राम्रो भए यसै दर्शक स्रोताको मनमा राज गर्छन् । भिडियोमा ५–७ लाख रकम खर्चेर मात्र भ्यूज जान्छ भन्ने होईन । अहिले धेरैलाई करोड क्लबको महत्वकांक्षिले मत्ताएको छ । धेरै निर्माताहरु डुब्दैछन् । ‘नपुइ–नपुइ पुच्छरमा हात’भनेजस्तो नसकी–नसकी बढि लगानी गर्न खोज्नु पनि विकृती हो । पहिले पहिले शब्द र पहिरनमा विकृती आउथ्यो, अहिले लगानीमा विकृती देखिएको छ ।

मोफसलमा बसेर गीत गाएर कमाउन, जमाउन र रमाउन सजिलो छ ?

स्टेज कार्यक्रमले बाँच्न र बचाउन सहयोग गरेको छ । व्यवसायीक बन्न जरुरी छ । केहि गीतले चलेका कलाकारले आरामले देश विदेशमा हुने कार्यक्रममा गीत गाएर कमाउन, जमाउन र रमाउन सक्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार