गाउँ–गाउँमा आँखा शिविर, सयौँ लाभान्वित

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ९

थामसेर्कु टे«किङ एजेन्सिजको आयोजनामा सोलुखुम्बुको दुई स्थानमा सम्पन्न निशुल्क आँखा शिविरबाट ग्रामिण भेगका सयौँ सर्वसाधारण लाभान्वित भएका छन् । आँखाको समस्याबाट पिल्सिएका ग्रामिण भेगका जेष्ठनागरिकको सहजताका लागि नुनथला र बुक्सामा आयोजित आँखा शिविरबाट ८७८ सर्वसाधारणले आँखाको परिक्षण गराएका छन् ।

दुई÷दुई दिन संचालन गरिएको शिविरबाट सेवा लिएकामध्ये ६२ जनामा गम्भिर आँखाको समस्या देखिएको शिविरमा संलग्न चिकित्सकहरुले बताएका छन् । जेठ ४ र ५ गते सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको नुनथलामा संचालित शिविरबाट ३२ जनाको आँखामा मोतिविन्दुको समस्या पहिचान गरिएको थियो भने जेठ ७ र ८ गते खुम्बुपाुाङल्हमू गाउँपालिका १ बुक्सामा संचालित शिविरबाट ३० जनाको आँखामा गम्भिर प्रकारका समस्या देखा परेको थामसेर्कु ट्रेकिङका फिल्ड सुपरभाईजर छिरिङ तेण्डी शेर्पाले जानकारी दिए । नुनथलामा ४४५ जना र बुक्सामा ४३३ जनाले आँखाको परिक्षण गराएका थिए ।

आँखामा समस्या देखिएका ६२ जनाको शल्यक्रिया सहितको उपचार निशुल्क गर्ने गरि काठमाण्डौ रेफर गरिएको छ । उपचार खर्च साइट टु स्काइ सिंगापुरले व्यवस्थापन गर्ने बताईएको छ । आँखा परिक्षण गराएका हरेकलाई आवश्यकता अनुसार सनग्लास र पावरवाला चस्मा निशुल्क वितरण गरिएको छ । आफ्नै गाउँमा निशुल्क आँखा सेवा पाएपछि ग्रामिण भेगका जेष्ठ नागरिक, असक्त, आर्थिक अवस्था कमजोर परिवारका सदस्यहरु हर्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार