निर्देशकको लेखनमा ‘हे प्रिया’

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १२

पुराना म्यूजिक भिडियो निर्देशक बाबुराजा केसी (उज्वल)को गीत ‘हे प्रिया’ सार्वजनिक गरिएको छ । केसीको लेखन तथा सन्तोष केसीको संगीतमा तयार भएको गीत ‘हे प्रिया’ डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलले स्वर दिएका छन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका २ सल्यानका केसी २०४८ साल देखि निर्देशनको क्षेत्रमा अनवरत छन् । निर्देशनमा होमिएको झण्डै ३५ बर्षपछि गीत लेखनमा कलम चलाएको उनको भनाई छ । ‘करिब ३५ सय म्यूजिक भिडियोको निर्देशनमा कथा लेखेका हातले गीत लेख्ने कोशिस गरेको छु ।’ उनले भने, ‘पहिलो लेखनबाट ऊर्जाशील प्रतिक्रिया पाएको छु । निर्देशन संगै गीत लेखनलाई पनि संगै अघि बढाउछु ।’ निकट भविष्यमै आउने गरि पाँच वटा आधुनिक गीत रेकर्ड भईसकेको निर्देशक तथा गीतकार केसीको भनाई छ ।

कमल सौरागको संगीतसंयोजन रहेको गीत ‘हे प्रिया’को म्यूजिक भिडियोमा केसी आँफैले निर्देशन गरेका छन् । कृष्ण फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा अनु शाह र राजन आलेले अभिनय गरेका छन् ।

२०४८ सालमा असिष्टेन्ट प्रोडुसरका रुपमा प्रवेश गरेका केसीले २०५१ सालमा असिष्टेन्ट निर्देशक भएर काम गरे । २०५३ सालमा एक महिने निर्देशनको कक्षा लिएर अघि बढेका उनले दोहोरी गीत ‘डोको बोकेर’निर्देशन गरे । ‘पहिले टिममा काम गथ्र्यौ । त्यसकारणले निर्देशकको नाम राख्ने चलन थिएन् ।’ उनले भने, ‘अहिलेसम्म करिब पैतिस सय म्यूजिक भिडियो निर्देशन गरिसकेको छु ।’

पहिले गोपाल बास्कोटा र मधुर बस्नेतसंग काम गरेका केसी सहकर्मीहरुले छाडेपछि कुशल निर्देशक शंकर विसीसंग मिलेर कृष्ण फिल्मस् संचालन गर्दै आईरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार