खुम्बुलाई सडक सञ्जालले यथासिघ्र जोड्नुपर्छ – मुख्यमन्त्री राई

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १३

खुम्बु क्षेत्रलाई यथासिघ्र सडक सञ्जालले जोड्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताए । खुम्बुपासाङल्हमू गाउँपालिका ३ नाम्चेबजारमा आयोजित सगरमाथा हिमाल सरसफाई अभियान – २०७६ मा सहभागी बनेका मुख्यमन्त्री राईले खुम्बुमा सडक सञ्जालले जोड्न सके आन्तरिक पर्यटकको चाप बढ्ने र मौसमी पर्यटन व्यापार हट्ने विश्वास व्यक्त गरे ।

उनले खुम्बु भ्रमणका लागि आउने पर्यटकको सुविधाको लागि पुर्वाधार निर्माण र सञ्चारलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकार लागि पर्ने बताए । उने भने, ‘सगरमाथा क्षेत्रमा पर्यटकको संख्या अभिबृद्धिका लागि खुम्बुपासाङल्हमू गाउँपालिकालाई ‘पर्यटकीय स्थानीय तह’घोषणा गरिसकेका छौ । आगामी जेठ १७ गते विराटनगरमा एक कार्यक्रमका आयोजना गरि गाउँपालिकालाई ५० लाख रकम सहित पुरस्कृत गर्दैछौ ।’ मुख्यमन्त्री राईले खुम्बु क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

पर्यटनको माध्यमबाट सम्बृद्धि हासिलमा टेवा पुग्ने भएकाले सगरमाथासम्म आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षण गर्ने किसिमका सुविधायुक्त पुर्वाधार निर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने मुख्यमन्त्री राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार