सगरमाथा दिवसको अबसरमा सांगितीक साँझ

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १५

सगरमाथामा मानव पाईला पुगेको ६६ बर्ष पुरा भएको अबसरमा नाम्चेबजारमा सांगितीक साँझको आयोजना गरिएको छ ।
नाम्चे यूवा समूहको आयोजनामा खुम्बुपासाङल्हमू गाउँपालिका ३ नाम्चे स्थित हिमालय आधारभूत विद्यालय परिसरमा हुने सांगितीक कार्यक्रमका लागि आधादर्जन कलाकार नाम्चे पुगिसकेका छन् ।

कार्यक्रममा सहभागी हुन लोकदोहोरी गायक प्रकाश सपुत, गायक दिपक लिम्बु, गायिका श्रेया सोताङ, डोमा शेर्पा, जेनी शेर्पा र डिजे तेन्जिङ नाम्चे पुगेका हुन् । उनीहरु ४ दिन अघि नाम्चे पुगेका थिए ।

पहिलो पटक सगरमाथाको काख नाम्चे पुगेका गायक सपुतले हिमाली मनोरम दृष्य हेरेर मज्जा लिईरहेको बताए । नाम्चे यूवा समूहले विगत ६ बर्ष देखि सगरमाथा दिवसको अबसरमा सांगितीक साँझ गर्दै आएको नाम्चेबाट लामाकाजी शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार