भुकम्प पिडितका ‘दुईटा’ घर

सोलावनका ३७ परिवारलाई दोहोरो सुविधा

  सुमेरु संबाददाता

सोलुखुम्बुमा अधिकांश भुकम्प पिडितका दुईटा घर रहेका छन् । भुकम्पले क्षति पु¥याएको भनिएको घर नभत्काई सरकारले प्रदान गरेको अनुदानमा घर निर्माण गरिएपछि एकै परिवारका दुईटा घर भएका हुन् ।

सरकारले वास्तविक पिडितले पुरानो जिर्ण घर भत्काएर अनुदान रकममा थप गरि घर बनाउनुपर्ने भनेपनि जिल्लाका अधिकांश पिडितले पुरानो घरलाई नभत्काई नयाँ अनुदानको घर निर्माण गरिरहेका छन् । अनुदान सम्झौता भएका अधिकांशले पुरै अनुदान लिईसकेका छन् भने केहि पिडित अनुदान रकम लिने प्रक्रियामा छन् ।

सयौँको संख्यामा आफू पिडित भएपनि लाभग्राहीको सूचीमा नपरेको भन्दै गुनासो चुलिएका बेला उनीहरुले पुरानो घर नभत्काई नयाँ घर बनाएकोमा असन्तुष्टि जनाएका छन् । वास्तविक भुकम्प पिडितले अनुदान नपाएको गुनासो गर्दै सोताङका एक सर्वसाधारणले भने, ‘हामी अस्थायी हटरामा बस्न बाध्य छौ । घर सग्लो भएकाले अनुदान ल्याएर नयाँ घर बनाईसके ।’ उनले गाउँघरमा सयौँ वास्तविक पिडित छुटेको बताए ।

पुरानो घर भत्काउनपर्ने भएपनि नभत्काई नयाँ घर बनाउनु र पुरानो घरमा पनि बसोबास गर्नुले राज्यको सम्पत्ति दुरुपयोग भईरहेको नेचाका एक सर्वसाधारणले गुनासो गरेका छन् ।

  • सोलावनका ३७ परिवारलाई दोहोरो सुविधा

माप्य दुधकोशी गाउँपालिका ७ सोलावनका भुकम्प पिडितले दोहोरो सुविधा पाएका छन् । सोलावनका ३७ परिवारले सरकारी अनुदान र गैरसरकारी संस्थाले दिएको दोहोरो सुविधा लिईरहेका छन् ।

भुकम्प पिडितको लाभग्राहीको सूचीमा रहेका ३७ परिवारलाई एजुकेशन फाउण्डेशन क्यार्लिर्फोनियाको सहयोगमा एक्सन फर नेपालमार्फत हरेक परिवारलाई एक घर निर्मँणको ललागि पाँच लाख उपलब्ध गराउदै आएको छ ।

सोलावनका पिडितहरुले राज्यबाट प्राप्त तिन लाख अनुदानले बेग्लै घर बनाएका छन् भने एक्सन फर नेपालबाट प्राप्त पाँच लाखबाट अर्को एक तले घर निर्मँण गरिरहेका छन् ।

हालसम्म २४ परिवारले घर बनाईसकेका छन् । बाँकी घर निर्माणाधिन अवस्थामा छन् । सर्वसाधारणको काठ, ढुंगा र गिटी संकलनमा गैरसरकारी संस्थाको पाँच लाखमा भुकम्पप्रतिरोधी घर निर्माण भईरहेको एक्सन फर नेपालका स्थानीय व्यवस्थापक दोर्जी शेर्पाले जानकारी दिए ।

डकर्मीलाई तालिम प्रदान गरि जस्तापाता, काठ र ढुंगा प्रयोग गरि घर निर्माको कामलाई जारी राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार