सोलुखुम्बु, जेठ १५
६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङलेले हात पारेका छन् । उनले ४२ किलोमिटरको निर्धारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पुरा गरेका हुन् ।
त्यस्तै, रुकुमका दुर्गाराज बुढा द्धितीय भएका छन् । उनले निर्धारित ४२ किलोकिटर दुरी ३ घण्टा ५६ मिनेट पार गरे । राम कुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै तृतिय स्थान हात पारेका छन् ।
बुधबार विहान सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्पिडिशनले जनाएको छ ।
६० किलोमिटरको अल्ट्रा म्याराथन, २१ किलोमिटरको हाफ म्याराथनको नतिजा आउन बाँकी रहेको छ ।