खुम्बुमा उपभोक्ता समिति, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी पुरस्कृत

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १६

खुम्बुपासाङल्मू गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई नगद पचास हजार सहित पुरस्कृत गरेको छ । तोकिएको समयमै गुणस्तरिय काम, जनश्रमदान र सार्वजनिक परिक्षण लगायतका सूचकको आधारमा गरिएको मुल्यांकनमा राङिदङ देखि सानो गुमेला स्कुलसम्मको बाटो निर्माण उपभोक्ता समिति उत्कृष्ट बनेको हो । १२ लाखमा सम्पन्न योजना उत्कृष्ट बनेपछि उपभोक्ता समितिका अध्यक्ष कामीनुरु शेर्पाले गाउँपालिकाले प्रदान गरेको नगद ग्रहण गरेका हुन् । उपभोक्ता समितिलाई पुरस्कृत गर्ने परिपाटीले विकास निर्माणको काममा चुस्तता ल्याउने आशा राखिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए ।

सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई लगायतको उपस्थितीमा गरिएको एक कार्यक्रममा उत्कृष्ट शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । रक्षामन्त्री पोखरेलले जनसेवा आविका प्रध्यानाध्यापक चित्र कुमार बस्नेतलाई उत्कृष्ट शिक्षकको पुरस्कार स्वरुप नगद ५० हजार प्रदान गरेका हुन् । स्वास्थ्यकर्मी तर्फ स्वास्थ्यचौकी छिप्लुङका अहेव नवराज आरसी र कर्मचारी तर्फ योजना शाखा प्रमुख चेतनाथ कटेल उत्कृष्ट बनेका छन् । उनीहरुलाई पनि गाउँपालिकाले जनही ५० हजार पुरस्कार स्वरुप नगद प्रदान गरेको छ ।

विशेष सम्मान ग्रहण गर्दै पुर्व प्रसाशकीय अधिकृत सुरत पोखरेल

गाउँपालिकाले २०७४–७५मा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर नागरिकको मन जित्न सफल भएको भन्दै तनहूँका सुरत पोखरेललाई नगद एक लाख सहित विशेष सम्मान प्रदान गरेको प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । साथै, गाउँपालिका र एक्सन फर नेपालको साझेदारीमा ११ वटा विद्यालयमा संचालित साक्षरता सुधार कार्यक्रममा कार्यरत एक जना प्रध्यानाध्यापक र तिन कक्षा शिक्षकलाई पुरस्कृत गरिएको छ । हिमालयन आविका प्रध्यानाध्यापक वि कुमार विक र कक्षा शिक्षक पेम्बाडोमा शेर्पा, खुम्जुङ माविका कक्षा शिक्षक पेम्बायाङजी शेर्पा र पेमाछिरिङ आविका शिक्षक छिरिङ राईलाई जनही ३० हजार सहित पुरस्कृत गरिएको हो । बर्षेनी वितराण गरिने पुरस्कारले क्षेत्रगत रुपमा कार्यसम्पादनमा आन्तरिक प्रतिस्प्रर्धा बृद्धि गर्ने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार