सबैको गलामा ‘गलबन्दी’

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

प्रकाश सपुत लोक संगीतका प्रयोगबादी कलाकार भन्दा फरक पदैन् । एक समय दोहोरी ब्याटल ल्याएर ओालोचना खेपेका उनले दर्शकको माया पाएपछि ब्याटल टु पनि ल्याए । ‘बोलमाया’ले दर्शक स्रोतालाई धुरुधुरु रुवाएका प्रकाशले फेरि नयाँ प्रयोग गरेका छन् । संस्कृति पुरानै भएपनि एक पटक डिजिटल बजारमा प्रस्तुत गरेर मौलिक पनको आभास दिलाएका छन् ।

दिनहूँ लाखौ दर्शकको माया पाएको ‘गलबन्दी’ले पाठ्यक्रममै समाबेश गर्न मिल्ने समेतका प्रतिक्रिया पाएको छ । गाउँले परिवेश, प्रकाशको चन्चलेपन र अन्जली अधिकारीको लजालुपनले धेरैलाई पिरतीमा डुबाएको छ । रोधीको वातावरण भएकाले पनि मौलिक दृष्य निर्माणले अझ मजा दिलाएको दर्शकहरुको प्रतिक्रिया दिएका छन् ।

‘बोलमाया’बजारमा ल्याएको एक बर्षपछि ल्याएको गीत सिक्वल नभएको सर्जक तथा गायक प्रकाशको दाबी छ । उनी भन्छन्, ‘यो बोलमायाको सिक्वल होईन बरु, प्रिक्वल हो । बोलमायामा धन कमाउन विदेशीएका श्रीमान् काठको बाकसमा फर्किएको र यता श्रीमती गर्भवति देखाईएको थियो ।

‘गलबन्दी’मा छोरो हुर्किसकेपछि बाबालाई सोध्दा एउटी श्रीमतीले श्रीमानसंगको रमाईलो पल सम्झिएको दृष्य देखाईएको छ । कथाको शुरुवातमा मन कटक्क पार्ने दृष्यलाई समाबेश गरिएपनि बीचका केहि मिनेट रमाईलो दृष्य खिचिएको छ । यहि गीतले बोलमाया भाग २ को बेग्र पर्खाइको शुरुवात गराएको छ । यद्यपी, बोलमायाको कथा शहर तिरको हुने घुमाउरो शैलीमा प्रकाश स्विर्काछन् । ‘कथा भने निक्यौल नभईसकेको छैन् ।’ उनले भने ।

‘गलबन्दी’मा सपुतलाई शान्ति श्री परियारले स्वरमा साथ दिएका छन् भने सपुत र अन्जली अधिकारीले जिवन्त अभिनय गरेका छन् । गायक सपुतकै निर्देशनमा तयार भएको गीतले ५ दिनको अवधिमा ४० लाख हाराहारीमा दर्शकको माया बटुलिसकेको छ । यहि रफ्तारलाई हेर्ने हो भने करोड क्लबमा प्रवेश गर्न एक महिनापनि नलाग्ने देखिन्छ ।

 

https://youtu.be/QNInfBuBcOA  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार