खुम्बु ‘पर्यटकीय गाउँपालिका’ घोषणा

५० लाख प्रोत्साहन रकम

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १७

खुम्बुपासाङल्मू गाउँपालिकाले ‘पर्यटकीय स्थानीय तह’को प्रमाणपत्र प्राप्त गरेको छ । विराटनगरमा भएको एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्र सहित पचास लाख पुरस्कार रकम प्रदान गरेका हुन् ।

प्रदेश नं १ को चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा समाबेश गरेअनुरुप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारवापत्को चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन् । अध्यक्ष शेर्पाले प्रदेश सरकारको यस निर्णयले खुम्बु क्षेत्र र समग्र देशकै पर्यटन क्षेत्रको बिकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले भने, ‘पर्यटकमैत्री पुर्वाधार निर्माणमा अझ फोकस दिन्छौ । विभिन्न स्थानमा भ्यू टावर, सार्वजनिक शौचालय लगायतका संरचना निर्माण गर्दै जानेछौ ।’

गाउँपालिका अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्दै भने, ‘प्रदेश सरकारको यो घोषणाले पर्यटन बर्ष सन् २०२० लाई पनि सहयोग पु¥याउने आशा राखेका छौ । खुम्बु क्षेत्रमा पर्यटकको संख्या अझ थपिने छ ।’ उनले प्रदेश सरकारले आगामी आर्थिक बर्षमा प्राथमिकता राखेर बजेट विनियोजन गर्ने विश्वास राखे ।

खुम्बु क्षेत्रमा बर्षेनी ५० लाखको हाराहारीमा पर्यटकले भ्रमण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार