‘पर्यटकीय गाउँपालिका’को गीत सार्वजनिक

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १७

विश्वको अग्लो हिमाल यहि छ सगरमाथा
पासाङल्हमू, तेन्जिङ, आप्पा नेपालीको गाथा
पर्दछ यहि विश्वको उच्च विमानस्थल
हाँसेको आमादब्लम, संगै नुप्से हिमाल
हो … जाङबु दाई
स्वर्गजस्तै झिलिमिली हिमालको काखमा छ, हाम्रो खुम्बु पासाङल्हमू गाउँपालिका ।

यो गीत पर्यटकको प्रमुख गन्तव्य सोलुखुम्बुको एक स्थानीय तह खुम्बु पासाङल्हमू गाउँपालिकाको हो । जस्लाई प्रदेश सरकारले समेत ‘पर्यटकीय गाउँपालिका’ घोषणा गरिसकेको छ ।

गाउँपालिकाको वडा नं नं ५ नाम्चेबजारमा आयोजित एक कार्यक्रममा गाउँपालिकाको चिनारी दिने गीत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा संसदद्वय योगेश भट्टराई र हेमकुमार राई ‘सुरविर’, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुरूषोत्तम सानुको लेखनमा तयार भएको गीतमा ज्योति प्रकाशले संगीत गरेका छन् भने प्रताप दासले स्वर भरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार