‘अल्झियो सरकार’

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १८

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले सरकार महत्वकांक्षि योजनामा अल्झेको बताए । कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकामा आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेता थापाले सरकारले जनताको आधारभूत आवश्यकता भन्दा रेल र पानीजहाजको महत्वाकांक्षि योजना अघि सारेर अल्झने काम गरेको आरोप लगाए ।

नेता थापाले संघीय, प्रदेश र स्थानीय सरकारका गतिविधिमा कांग्रेसका नेता तथा कार्यकर्ताले प्रमुख प्रतिपक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । गलत कामको खबरदारी आवश्यक भएकाले कांग्रेसले उक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कांग्रेस केन्द्रिय सदस्य बल बहादुर केसीले नेकपा सरकारको गलत कामको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरे ।

नेता प्रकाशसिं कार्कीले कांग्रेसले मात्र मूलुकलाई सम्बृद्धि दिलाउन सक्ने दाबी गरे । जागरण कार्यक्रममा महाकुलुङ गाउँपालिका अन्तरगतका बुङ, छेस्काम र गुदेलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार