‘शब्द–शब्दमा अर्थपुर्ण पौडी खेल्छु’

  शिखर जंग श्रेष्ठ

रमेश बिजी कहलिएका गीतकार हुन् । उनले लेखेका ‘पानी घट्टमा’, ‘देउरालीमा धजा’, ‘रुन्छ नी मन किन रुदैन्’ लगायतका दर्जनौ गीत लोकप्रिय छन् । सफल चलचित्र ‘परदेशी’को कथा समेत लेखिसकेका बिजी आधुनिक गीत लेखनमा पनि सफल मानिएका छन् ।

उनले लेखेको ‘म हूरीमा दियो’ र ‘वनफूल’ले अब्बलता कायम गरिसकेको छ । उनै गीतकार बिजीको सृजनामा सामाजिक यर्थाथमा आधारित लोकलयको गीत ‘छोरो अमेरिका छ’ बजारमा आएको छ । शिरिष देवकोटाको भाका र देवकोटा र सम्झना भण्डारीको स्वरमा रहेको सोही गीतको सन्र्दभमा गरिएको कुराकानीको सम्पादित अंश –

गीतको प्रतिक्रिया कस्तो छ ?

यूटुवको कमेन्टलाई आधार मान्ने हो भने सामाजिक विषयलाई जस्ताको तस्तै उतारेकोमा दर्शकले हार्दिकता व्यक्त गर्नुभएको छ । कतिपयले फोनबाट पनि प्रतिक्रिया दिनुभएको छ । दुखकष्ट र खर्च बिर्सेका छम, भनम न ।

त्यसो भए थप ऊर्जा दिएको छ ?

हो, कतिपय काम पैसाका लागि भन्दा पनि आत्मसन्तुष्टिका लागि गरिन्छ । समाजका लागि पनि काम गरिन्छ । पैसा कमाउने अरु बाटा पनि छन् । पैसा पनि चाहिन्छ तर सबै कुरालाई पैसामा दाँज्न पनि मिल्दैन् ।

यो गीतले धारणामा परिर्वतनमा सहयोग पु¥याउने भयो ?

गीतले अलिकति मोनिभेसन गरोस् भन्ने हो । होला, व्यवस्ताले घर बिर्साउदो हो तर जीवनको केही समय हाम्रो जन्मदातालाई पनि दिनुपर्छ भन्ने सन्देश दिन खोजेका हौ । धेरै हदसम्म सफल भएका छौ । जन्मदाता सन्तान आफूसंग हुदा खुसी हुन्छन् भन्ने विषय बुझाउनु थियो ।

समाजमा छोराछोरी विदेशिदा खुसी मान्ने अभिभावक पनि त छन् नी ?

हो, त्यहि परिस्थितीलाई बुझेर गीत बनाएका हौ । कतिपय अभिभावकमा छोराछोरी जन्माउनु भनेकै अमेरिका, अष्ट्रेलिया, जापान लगायतका देश पठाउनु हो भन्ने धारणालाई चिर्नु पनि हो ।

बाँचिरहने गीतको विषय खोज्न कति घोत्लिनुपर्छ ?

हेर्नु न, म जबरजस्त गर्दिन, मलाई समाजले सिकाउछ । खाडी मूलकका गीत थुप्रै गाईए, थुप्रै लेखिए । ती गीत आए, हराए । सामाजिक घटना नै मेरा विषय हुन् । ती घटनाले लेख्नका लागि प्रेरित गर्छ । शब्द छनौटमा मेरो खुबी प्रर्दशन गर्छु ।

शब्द–शब्दमा पौडी खेल्दा कस्तो मजा लिनुहुन्छ ?

त्यो त, मेडिटेसन हो । कथा भित्र डुबेर गीत लेखेर सक्दा मन फुरुङग हुन्छ, ज्यान हलुङगो हुन्छ । शब्द–शब्दमा अर्थपुर्ण पौडी खेल्छु ।

अबको योजना के छ त ?

म अहिले परदेशी फिल्म सिक्वलको स्कृप्ट लेखनमा व्यस्त छु । तिजका गीतहरुको तयारीमा छु । केहि समयपछि कुनै टेलिभिजनको पर्दामा गाउँ फर्काउने प्रकारको संस्ृकतिपरक कार्यक्रमको संचालनको सोचमा छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार