सरकार भष्ट्राचारमा लिप्त – कांग्रेस नेता शेर्पा

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ १९

नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले नेकपा नेतृत्वको तिनै तहको सरकार भष्ट्राचारमा लिप्त भएको आरोप लगाए । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुमा आयोजित जागरण कार्यक्रममा बोल्दै पुर्वपार्टी सभापति समेत रहेका कांग्रेस नेता शेर्पाले सरकार नै भष्ट्राचारमा लिप्त भएको नियन्त्रणमा चुकेको दाबी गरे । नेकपाका महासचिब समेत राज्यको जग्गा हिनामिनामा जोडिनुले ईमानदारी वामपन्थीमा निरासा आएको नेता शेर्पाको भनाई छ ।

उनले सरकारको अलोकतान्त्रिक कदम प्रति नेपाली कांग्रेस ढटेर भण्डाफोरमा लाग्ने बताए । यहि गतिमा सरकार अघि बढे जनताले चाहेको सम्बृद्धि प्राप्ती नहुने र जनताको नजरमा गिर्दै जाने दाबी समेत गरे । पार्टीको आन्तरिक विषयमा बोल्दै नेता शेर्पाले राणाशासन, पन्चायत लगायतका अवैधानिक शासनको विरुद्धमा लडेको शक्ति पार्टी भित्रको अलोकतान्त्रिक, अवैधानिक क्रियाकलाप स्विकार गरेर जान नसक्ने बताए ।

कांग्रेस नेता तथा सोलुदुधकुण्ड नगरपालिका २ बेनीका वडाअध्यक्ष मिङमारदोर्जी शेर्पा, नेपाल दलित संघ सोलुका अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, स्थानीय नेता भिम बहादुर तामाङ लगायतले मन्तव्य राखेको कार्यक्रम वडा सभापति भई बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार