दिक्तेलमा मृतकका आफन्तको नारा जुलुस

दुई बिद्यार्थीको मृत्यु प्रकरण

  सुमेरु संबाददाता

खोटाङ, जेठ १९

खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई बिद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ । शनिबार साप्सु खोलामा पौडी खेल्नेक्रममा ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षिय १९ वर्षीय विक्रम भट्टराई र एलिस बस्नेतका आफन्तले क्षतीपुर्तीको माग गर्दै दिक्तेलबजारमा शान्तिपूर्ण जुलुस निकालेको हो । आईतबार चर्का नाराबाजी गर्दै जुलुस निकालेका पिडितपक्षले दिक्तेलबजारका कतिपय पशल समेत बन्द गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट निस्केको नारा जुलुस रत्नपार्क पुगेर त्रिबेणीचोकबाट प्रशासन पुगेको छ । उनीहरुले क्षतीपुर्ती तथा कारबाहीको माग गर्दै प्रशासनकै अगाडि हस्ताक्षर समेत संकलन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा भएको वार्ताकाक्रममा क्षतीपुर्तीको रकमको मात्रामा कुरा नमिलेपछि पिडित पक्ष नारा जुलुसमा उत्रिएका हुन् । पिडित पक्षले मागेको रकम प्राविधिक शिक्षालयका सञ्चालकले दिन नसक्ने बताएपछि वार्ता निष्कर्ष बिहिन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।

पिडित पक्षले नारा जुलुस निकालेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को वार्ताको तयारी भइरहेको छ । मृतक बस्नेतका मामा बिनोद बस्नेतका अनुशार उचित क्षतीपुर्ती दिनुपर्ने, मृतकको भाई÷बहिनिलाई प्राविधिक शिक्षालयमा निशुल्क अध्ययनको अवशर दिनुपर्ने, मृतकको स्मृतिमा कोष खडा गर्नुपर्ने लगायतका पिडित पक्षको माग छ ।

समस्य समाधानका लागि प्राविधिक शिक्षालयका प्रिन्सिपल र पिडितपक्षलाई राखेर अर्को वार्ताको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए । पिडित पक्षको बिरोधका कारण अहिलेसम्म मृतकको पोष्टर्माम हुन सकेको छैन । मृतक भट्टराईका बाबु राजन भट्टराई र बस्नेतका बाबु इन्द्रबहादुर बस्नेतलाई समेत वार्तमा राखेर छलफल गराउने तयारी भइरहेको खाल्लेका वडाध्यक्ष डिल्ली राईले बताए । छोराको मृत्यु भएपछि इन्द्रबहादुर बिदेशबाट घर आउँदैछन् ।

प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जनाइएको छ । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार