यी हुन्, प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीताका विजेता

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २१

सोलुखुम्बुको सदरमुकाम सल्लेरीको एक कबर्ड हलमा जारी प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीतामा सुनसरी, संखुवासभा, मोरङ र भोजपुरका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् ।

शनिबार देखि मंगलबारसम्म चलेको प्रतियोगीताको पुरुष एकल तर्फको खेलमा सुनसरीका सुजन श्रेष्ठ प्रथम, झापाका प्रनिस सिं ठकुरी द्धितीय भएका छन् भने सोलुखुम्बुका पेम्बा शेर्पा र ओखलढुंगाका हिरा राई तृतीय भएका छन् ।

एकल महिला तर्फको खेलमा मोरङकी सिमा राजवंशी प्रथम र भोजपुरकी सीता राई द्धितीय भएकी छिन् । प्रतियोगीतामा भोजपुरकी लोक्तमा राई र मोरङकी रोज पाण्डे तृतीय भएका छन् ।

प्रतियोगीताको पुरुष यूगल तर्फ डिजे पाखरेल र प्रनिस श्रेष्ठ (संखुवासभा)प्रथम भएका छन् । सुजन श्रेष्ठ र सत्यम सुब्बा (सुनसरी)द्धितीय हुदा हिरा राई र रोहित राई (ओखलढुंगा) र नविन शिलवाल र विवेक काङदान्वा (तेह्रथुम) तृतीय भएका छन् ।
ब्याटमिन्टन खेलको महिला यूगल तर्फ सीता राई र लोक्तमा राई (भोजपुर), सीमा राजवंशी र रोज पाण्डे (मोरङ) प्रथम र द्धीतीय भएका छन् भने कल्पना राई र रेणुका राई (खोटाङ) र ईन्दिरा राई र सृजना भूजेल (धनकुटा) तृतीय भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिबि राणापालले जानकारी दिए ।

विजेतालाई मेडल र प्रमाणपत्रको साथमा नगद ३ हजार, २ हजार र एक÷एक हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगीता प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको आयोजना, पुञ्र्वान्चल क्षेत्रीय खेलकुद विकास समितिको मुख्य व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु र जिल्ला ब्याटमिन्टन संघको स्थानीय व्यवस्थापनमा प्रतियोगीता सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार