खेलकुदको विकासमा प्रतिबद्ध – मेयर शेर्पा

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २३

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले खेलकुदको विकासमा प्रतिबद्ध रहेको बताए । नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको बुधबार उद्घाटन गर्दै मेयर शेर्पाले खेल र खेलाडीको विकासमा लगानी गर्न प्रतिबद्ध रहेको बताए ।

उनले जिल्लामा सुविधासम्पन्न खेल मैदान नरहेकाले भलिबल, फुटबल सहित अन्य खेल खेल्न मिल्ने स्थानको खोजीमा रहेको बताए । मूलुकको विकासमा खेल क्षेत्रले पनि टेवा पु¥याउने भएकाले आवश्यक पुर्वाधार निर्माणमा लगानी गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिबि राणापालले संघीयतासंगै प्रतियोगीता स्थानीय तहमा आयोजना हुनुले सम्पुर्ण विद्यालयलाई सहभागीता जनाउन सहज भएको बताए ।

३ दिनसम्म चल्ने प्रतियोगीतामा नगर क्षेत्रका १३ विद्यालयका विद्यार्थीको सहभागीता रहेको छ । प्रतियोगीतामा छात्र÷छात्रा भलिबल, कबड्डि, र एथलेटिक्स तर्फका खेलहरु हुदैछन् । नगरपालिकाले खेलमा सहभागीताको लागि विद्यालयलाई दुरीको हिसावले ३० हजार, २० हजार र १० हजार प्रोत्साहन रकम समेत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार