‘विरुवा रोपेर मात्र हुदैन्’

शुन्य जनसहभागीता

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २३

‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ बुधबार मनाईएको विश्व वातावरण दिवसका अवसरमा सोलुखुम्बुमा पनि वृक्षारोपण कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय र सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रम अन्तरगत सल्लेरी स्थित बसपार्क क्षेत्रमा धुपीका विरुवा रोपिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राईले विरुवा रोप्ने तर बृद्धि विकासमा ख्याल नराख्ने परिपाटीले वृक्षारोपणको अर्थ नहुने बताए । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले दिवसको सान्दर्भिकताका लागि पनि जनसहभागीता आवश्यक रहेको बताए । उनले नगर क्षेत्रको वातावरण संरक्षण र सरसफाईमा नगरपालिका सक्रिय बनेको दाबी समेत गरे ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले स्वच्छ वातावरणमा बस्न पाउने हरेक नागरिकको अधिकार प्रत्याभूतिका लागि दिवस महत्वपुर्ण रहेको र वातावरण संरक्षण सबैको दायित्व रहने बताए । कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत डा. ईन्द्र प्रसाद सापकोटाले वातावरण संरक्षणमा सबैको प्रतिबद्धता आवश्यक रहेको बताए ।

पछिल्लो समय वृक्षारोपण भन्दा रुख कटान बाक्लिएको नागरिकले गुनासो गर्दै आएका छन् । उद्यपी, शहर केन्द्रित मानसिकताले ग्रामिण भेगका खेतियोग्य अधिकांश जमिन वन क्षेत्रमा परिणत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार