सूचना प्रविधि केन्द्र – कुन कुन स्थानीय तह छनौटमा परे

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २३

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका १२४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको छ । प्राधिकरणले केन्द्र स्थापना सम्बन्धि बनाएको कार्यविधिअनुसार प्रकाशित सूचनामा परेका आवेदनबाट १२४ तह छनौट गरेको हो । सूचना प्रविधि केन्द्र स्थापना गर्ने स्थानीय तहमा सोलुखुम्बुको दुई गाउँपालिका छनौटमा परेका छन् । माप्यदुधकोशी र लिखुपिके गाउँपालिका छनौटमा परेको हो ।

खोटाङको बराहपोखरी गाउँपालिका पनि सूचना प्रविधि केन्द्र स्थापनाको सूचीमा परेको छ । उदयपुरको रौतामाई र ताप्ली गाउँपालिकामा पनि सूचना प्रविधि केन्द्र स्थापना हुदैछ भने ओखलढुंगाका ७ स्थानीय तह सूचना प्रविधि केन्द्र स्थापना गर्ने सूचीमा रहेका छन् । जिल्लाका चम्पादेवी, चिसंखुगढी, खिजिदेम्बा, लिखु, मानेभन्ज्यांङ, मोलुङ र सुनकोशी गाउँपालिका सूचना प्रविधि केन्द्र स्थापनाका लागि छनौट भएका छन् ।

सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहमा आधाारभुत सूचना प्रविधि सेवा सञ्चालन गर्नका लागि प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषको रकम खर्च गर्नेगरी उक्त कार्यक्रम ल्याएको हो । यसरी छनौट भएका तहले प्राधिकरणसँग सम्झौता गर्नका लागि सम्पर्क गर्नुपर्ने छ । यसका लागि सम्बन्धित तहहरुले प्राधिकरणको वेबसाइटमा रहेको फारम भरी पठाउनुपर्ने छ । फारम इमेलबाटै पठाउन सकिने छ ।

छनौट भएका स्थानीय तहहरुमा सुविधासम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुनेछ । जसमा प्राधिकरणले एउटा ल्यापटप, डेक्कटप कम्प्युटर ३ वटा, फोटोकपी, प्रिन्टर, स्क्यानर, प्रोजेक्टर, साउन्डसिस्टम, ब्याकप, वायरलेस राउटर, केवलजस्ता सामग्री जडान गरिदिने छ । बिजुलीको व्यवस्था नभएको ठाउँमा सोलार पनि प्राधिकरणले नै जडान गरिदिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार