शिक्षक सरुवा कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २४

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ सम्म कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शिक्षक सरुवाको विरुद्धमा अदालतमा परेको रिटको आधारमा शुक्रबार न्यायधिश प्रकाश कुमार ढुंगानाको एकल ईजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गाउँपालिकाले शैक्षिक सुधारको लागि भन्दै गत बैशाख २५ गते ६७ जना शिक्षकको सरुवा गरेको थियो । सो सरुवा राजनितिक आस्थाको आधारमा भएको भन्दै कतिपय जनप्रतिनिधि र शिक्षकहरुले असन्तुष्टि जनाउदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार