आयोगको विज्ञापन समाबेशी – मन्त्री पण्डित

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २४

सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले गरेको विज्ञापन समाबेशी रहेको दाबी गरे । रेडियो साल्पाको उद्घाटन गर्न सोलुखुम्बु आईपुगेका मन्त्री पण्डितले आयोगको विज्ञापन समाबेशी रहेको दाबी गरेका हुन् । कतिपयले समाबेशीकरण प्रश्न उठाएपनि त्यस्तो नभएको उनले जिकिर गरे ।

मन्त्री पण्डितले नेकपा नेतृत्वको सरकार सफल बन्दै गएको समेत बताए । आर्थिक बृद्धिदरले आकडाँले पनि सफलता मापन गर्न सकिने उनको भनाई छ । आगामी आर्थिक बर्षमा बृद्धिदरमा सुधार आउने अपेक्षा राखे ।

९२.२ मेगाहर्जमा गुन्जने रेडियोको उद्घाटनमा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार