विद्यालयमा लैङगीक समानता र सामाजिक समावेशीतामा जोड

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २९

नमूना विद्यालय स्थापनाका लागि रिड नेपालले जिल्लाका विद्यालयमा लैङिगक समानता र सामाजिक समाबेशीकरणमा जोड दिएको छ । जस्को लागि हरेक विद्यायमा ५ दिनको तालिम संचालन गर्दै आएको छ । तालिममा बाल क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रध्यानाध्यापक, शिक्षक गरि १६ जना सहभागी बन्दै आएका छन् ।

६ विद्यालयमा संचालन गरिएको तालिममा लैङिगकता के हो, महत्व, वर्तमान अवस्था, समानता कसरी कायम गर्ने, विद्यालयको बृहत्तर विकासमा समाबेशीताको सिद्धान्तलाई कसरी अपनाउने लगायतका विषयमा छलफल चलाईने छ भने व्यवहारमा उतार्ने प्रतिबद्धता गराईएको छ ।

लैङिगकता र समाबेशीताको कमीले पनि शैक्षिक गुणस्तरमा प्रभाव पार्ने भएकाले सम्बन्धित सरोकारवालालाई तालिमको आयोजना गरिएको रिड नेपालका जिल्ला संयोजक केशव गिरीले बताए । ‘विद्यालयले हरेक क्रियाकलापमा शिक्षक, विद्यार्थी, अभिभावकलाई समान र समाबेशी तरिकाले सहभागी गराउने बानीको विकास गराउन तालिमको आयोजना गरेका हौ ।’ उनले भने ।

हालसम्म माप्य दुधकोशी गाउँपालिकाको रामपुर आवि, थुलुङ दुधकोशी गाउँपालिकाको त्रिभूवन विद्योदय आवि, सोताङ गाउँपालिकाको लिढुंगा आवि, महाकुलुङ गाउँपालिकाको पेल्माङ आवि, नेचासल्यान गाउँपालिकाको शहिद नरनाथ आवि र गार्मा मावि गार्मामा तालिम सम्पन्न गरिसकिएको छ । लिखुपिके गाउँपालिकाको बुढाकिन्जा आविमा तालिम संचालन बाँकी रहेको छ ।

त्रिभूवन विद्योदय आविका शिक्षक सांगे तामाङले तालिमले लैङिगकता र समाबेशीकरणका बारेमा छर्लङग बनाएको बताए । ‘समान अबसर प्राप्त भए महिला पुरुष दुवैले कुनै काम फत्ते गर्न सक्न् भन्ने ज्ञान पाएका छौ ।’ उनले भने, विद्यार्थीलाई पनि लैङिगक समानता र समाबेशीकरणको ज्ञान बाड्न सके व्यक्तित्व विकासमा पनि फरक पार्ने शिक्षक तामाङको बुझाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार