चिकेन पक्स देखिएपछि हप्ता दिनलाई विद्यालय बन्द

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ २९

सोलुदुधकुण्ड नगरपालिका७ गार्मा स्थित गार्मा माध्यमिक विद्यालयका विद्यार्थीमा चिकेन पक्स (ठेउला) समस्या देखापरेपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ । शुरुमा साना बालबच्चामा देखा परेको उक्त समस्याअन्य विद्यार्थीहरुमा समेतसर्न थालेपछि विद्यालय नै वन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङले बताए ।

विद्यार्थीको शरिरभरी फोका उठ्ने, कान पाक्ने, घाटी दुख्ने, ज्वरो आउने लगायतका समस्या देखा परेका कारण चिकित्सककै सुझावमा विद्यालय सोमबारबाट एक हप्ताको लागि वन्द गरिएको हो । भाईरसका कारण संक्रमण हुने यो रोग सुरुमा साना बालबच्चामा देखा परेको र पछि स्वासप्रस्वासको माध्यमबाट ५०÷६० जना विद्यार्थीमा देखा परेकोप्रधानाध्यापक तामाङले बताए ।

विशेषगरी होस्टलमा बस्दै आएका विद्यार्थी र शिक्षकमा समेत समस्या देखापरेपछिविद्यालय बन्द गरिएको शिक्षिक महिना घिमिरेले बताईन् । समस्या फैलिदै गएपछि जिल्ला अस्पतालबाट चिकित्सकको टोली विद्यालयमा पुगेको थियो । समस्याको आधारमा औषधि वितरण गरेपछि चिकित्सककै सुझावमा विद्यालय बन्द गरिएको थियो । विद्यालयमा ४ सय १२ विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार