हाईड्रोपावरको स्काभेटरमा आगजनी (भिडियो सहित)

नजिकै शंकास्पद वस्तु भेटियो

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार १

८६ मेगावाटको निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको भदौरेमा निर्माणाधिन हाईड्रो कामका लागि प्रयोग हुदै आएको YQ15-B6843 नम्बरको कोबेल्को कम्पनीको स्काभेटरमा अज्ञात समूहले आगजानी गर्दा जलेर क्षति पुगेको छ । करिब ७ सय घण्टा काम गरेको स्काभेटरमा नजिकै रहेको ड्रममा रहेको डिजेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थलगतरुपमा ड्रम काटिएको अवस्थामा भेटिएको छ ।

आगजनी गरिएको डोजर नजिकै शंकास्पद प्रेसरकुकुर भेटिएकाले बम भएको आशंका गरिएको छ । शंकास्पद वस्तुको डिस्पोजका लागि उदयपुरको गाईघाटबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बुको लागि गुडिसकेको घटनास्थलबाट प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । उनका अनुसार डिस्पोजल टोली आईपुग्दा रात पर्ने भएकाले डिस्पोजलको काम आजै हुने संभावना कम रहेको छ ।

नेपाली सेनाको डिस्पोजल टोली गएको छ भने डोजर र प्रेसरकुकुर भेटिएको स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरामा राखेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सिएमसी कम्पनीले काम छाडेपछि उक्त हाईड्रोमा केहि महिना अघि देखि सिइ कन्ट्रक्सनले निर्माणको काम गरिरहेको छ ।

८६ मेगावाटको निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको भदौरेमा निर्माणाधिन हाईड्रो कामका लागि प्रयोग हुदै आएको YQ15-B6843 नम्बरको कोबेल्को कम्पनीको स्काभेटरमा अज्ञात समूहले आगजानी गर्दा जलेर क्षति पुगेको छ । करिब ७ सय घण्टा काम गरेको स्काभेटरमा नजिकै रहेको ड्रममा रहेको डिजेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थलगतरुपमा ड्रम काटिएको अवस्थामा भेटिएको छ ।

Gepostet von शिखर 'पुरुष' am Sonntag, 16. Juni 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार