३ हजार ८ सयले गरे स्वास्थ्य बीमा

नविकरण गर्नेको संख्या न्यून

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार १

दुई आर्थिक बर्षको अवधिमा सोलुखुम्बुमा ३ हजार ८ सयले स्वास्थ्य बीमा गरेका छन् । २०७४ असोज २५ देखि शुरु भएको बीमा कार्यक्रममा २०७६ जेठ सम्म ३ हजार ८ सय ३८ जना विमित बनेका हुन् । विमित सर्वसाधारणमध्ये एक हजार ९३५ महिला र एक हजार ९०३ पुरुष रहेका छन् ।

७ गाउँपालिका, एक नगरपालिका रहेको जिल्लामा खुम्बु पासाङल्हमू गाउँपालिकामा बीमा कार्यक्रम लागु हुन सकेको छैन् । हालसम्म सोलुदुधकुण्ड नगरपालिकामा एक हजार ४१६ जना, नेचासल्यान गाउँपालिकामा ५५९ जना, महाकुलुङ गाउँपालिकामा ३७४ जनाले स्वास्थ्य बीमा गरेको सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बस्नेतले जानकारी दिए । लिखुपिके गाउँपालिकामा ३८५, माप्यदुधकोशी गाउँपालिकामा २७७, थुलुङ दुधकोशी गाउँपालिकामा ३९२ र सोताङ गाउँपालिकामा ४३५ जनाले बीमा गरेको दर्ता अधिकारी बस्नेतको भनाई छ ।

खुम्बु पासाङल्हामू गाउँपालिकामा बीमा कार्यक्रम शुरु हुन सकेको छैन् । जनप्रतिनिधिको चासो कम हुनु र सेवाविन्दुका लागि स्वास्थ्यसंस्था नभएकाले पनि बीमा कार्यक्रम शुरु नभएको बस्नेतको भनाई छ ।

नविकरण गर्नेको संख्या न्यून

स्वास्थ्य बीमा गर्ने विमितले बीमावापत्को सेवा लिनका लागि बर्षेनी नविकरण गर्नुपर्ने भएपनि नविकरण गर्नेको संख्या न्यून देखिएको छ । आर्थिक बर्ष २०७४–७५ मा ७७० परिवारले बीमा गरेकोमा २०७५–७६ मा ६५ परिवारले मात्र बीमा नविकरण गरेका छन् । सेवा विन्दु टाढा हुनु, गुणस्तरिय सेवा प्रवाह नहुनु र बीमा प्रतिको धारणा कमजोर हुनुले नविकरणमा समस्या देखिएको दर्ता अधिकारी बस्नेतले बताए ।

शुल्क र सेवा परिर्वतन

गएको बैशाख देखि लागु हुने गरि सरकारले बीमा रकम बृद्धि गरेको छ । ५ जनासम्मको परिवारको स्वास्थ्यबीमा गर्दा २५ सय तिर्दै आएका सर्वसाधारणले ३५ सय तिर्नुपर्नेछ । ५ जना बाहेकमा सदस्य थप भए प्रतिसदस्य ४५० बाट बढाएर ७ सय पु¥याईएको छ । ५० लाख सम्मको स्वास्थ्य सवाबाट बृद्धि गरि एक लाख र सदस्य थप हुदा प्रतिसदस्य बृद्धि हुने २० हजार गरि अधिकतम दुई लाख सम्मको सेवा दिने व्यवस्था मिलाईएको छ ।

७० बर्ष माथीका र ‘क’ वर्गको अपांगलाई निशुल्क बीमा

सरकारले ७० बर्ष माथीका जेष्ठ नागरिकको निशुल्क बीमा सोलुखुम्बुमा पनि शुरु गरेको छ । एक लाख सम्मको बीमाका लागि लाग्ने ३५ सय रकम सरकारले तिरिदिने व्यवस्था मिलाईएको छ । जिल्लामा सयौको संख्यामा जेष्ठनागरिकको निशुल्क बीमा गरिसकिएको दर्ता अधिकारी प्रदिप अधिकारीले बताए । उनले भने, ‘१७१ जनाको ईन्ट्री भईसकेको छ भने करिब तिन सय जेष्ठनागरिकको डाटा ईन्ट्री बाँकी रहेको छ ।’ ‘क’ वर्गको अपांग परिचयपत्र लिएकाहरुको पनि एक लाखको स्वास्थ्य बीमा राज्यले गरिदिने भएको हो । महिला स्वास्थ्य स्वयम्सेविकाको हकमा शुल्कमा ५० प्रतिशत छुट दिईने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार