पुर्वेली गीत ‘विचार गर साँईली’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु,

भोजपुरकी गायिका ईन्द्रकला राईले पहिलो पुर्वेली गीत ‘विचार गर साँईली’ बजारमा ल्याएकी छिन् ।

गीतकार शिखर गजरकोटेको लेखन तथा प्रियजन राईको भाकामा तयार भएको गीतमा गायिका ईन्द्रकलालाई गायक प्रियजन राईले स्वरमा साथ दिएका छन् ।

पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानलबाट डिजिटल बजारमा पठाईएको गीतको संगीतसंयोजन सन्तोष प्रगाढले गरेका हुन् । प्रियजन राईको निर्देशनमा तयार भएको भिडियोमा हाँस्यकलाकार गणेश ईसारा लगायतले अभिनय गरेका छन् ।

नरेश ऐरले क्यामरा चलाएको भिडियो तुलसी बास्कोटाको सम्पादनमा तयार भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार