सोलुमा चलचित्र ‘यात्रा’को च्यारिटी

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ३

कुनैपनि मनोरञ्जनको माध्यम नभएको जिल्लाका विभिन्न स्थानमा ठूलो पर्दाको चलचित्र ‘यात्रा’को च्यारिटी गरिने भएको छ । सोलु सामुदायीक हस्पिटल र खेलकुद सामाग्री सहयोगार्थ सोलुदुधकुण्ड यूथ क्लबको आयोजनामा सल्लेरी, जुनवेशी, पत्ताले, नेचा र नेलेबजारमा च्यारिटी गर्न लागिएको हो ।

राजधानी लगायतका हलमा प्रर्दशन भईसकेको चलचित्रको च्यारिटीबाट सामाजिक सेवा र मनोरञ्जन दुवै एकसाथ लिन सकिने सोलुदुधकुण्ड यूथ क्लबको आयोजनाका अध्यक्ष तेजराम परियारले बताए । उनले भने, ‘नाफा कमाउनका लागि चलचित्रको च्यारिटी गर्न लागेका हैनौ । सामाजिक संस्थाले सामाजिक कामको सहयोगार्थ गर्न लागेका हौ । चलचित्र हेरेर सहयोग गर्न जिल्लाबासीलाई अनुरोध गर्छौ ।’ असार १० गतेनेलेबजार, १२ गते नेचाबजार, १३ गते पत्तालेबजारमा चलचित्र देखाईनेछ भने १४ र १५ गते सल्लेरी बजार र १६ गते जुनवेशी बजारमा च्यारिटी गरिनेछ ।

चलचित्रको अधिकांश दृष्य छाँयांकन जिल्लाको जुनवेशी, फाप्लु, सल्लेरी, पत्ताले क्षेत्रमा गरिएकाले जिल्लाबासीको बाक्लो सहभागीता रहने आशा राखिएको छ । निर्देशक सम्राट शाक्यले सुटिङ गरिएको क्षेत्रमा च्यारिटी हुने र पवित्र उद्देश्यले काम गर्न लागिएकाले च्यारिटी उपलब्धिमूलक बन्ने बताए । चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ मा यात्राको क्रममा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय छ । साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय देख्न सकिने छ ।

बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा कमाएका अंकित संग्रौला र एन्जल राईलाई पनि चलचित्रमा देख्न सकिने छ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

"यात्रा" सोलुखुम्बुमा हेरेर सहयोग गर्दिनु होला ।।

Gepostet von BiNod KaliCotay am Samstag, 15. Juni 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार