१२ कोठे विद्यालय भवन हस्तान्तरण

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ३

गोर्खा वेयल फेयर ट्रस्ट नेपालले नेचासल्यान गााउपालिका स्थित केदार माविलाई भवन हस्तान्तरण गरेको छ । वेयल फेयरको १ करोड ९७ लाख र नेचासल्यान गाँउपालिकाको २३ लाख लागतमा निर्माण सम्पन्न १२ कोठे भवन एक कार्यक्रमको आयोजना गरि आईतबार हस्तान्तरण गरिएको हो । अभिभावक र विद्यालयले गर्नुपर्ने श्रमदानको रकम गाउँपालिकाले बजेट व्यवस्थापन गरेको थियो ।

गाँउपालिका अध्यक्ष डुफकुमार बास्तोलाले गोर्खा वेयल फेयरले गाँउपालिकको साझेदारीमा अन्य विद्यालयको भवन निर्माण गर्न चाहे गाँउपालिका तयार रहेको बताए । उनलले शिक्षण क्रियाकलाप व्यवस्थि तगर्न आग्रह समेत गरे । गोर्खा वेयल फेयर ट्रस्ट नेपाल रुम्जाटारका म्यानेजर श्याम राईले भुकम्प प्रतिरोधी भवन निर्माण भएपछि शैक्षिक वातावरण सुरक्षित बनेको बताए । केदार माविका प्रध्यानाध्यापक एकराज शर्माले जिल्लाकै नमुना भवन बनेकाले शैक्षिक गुणस्तरमा पनि नमुना बन्ने प्रतिबद्धता व्यक्त गरे ।

भवनसँगेै १० कोठे शौचालय निर्माण भएपश्चात अभिभावकहरुले खुसि व्यक्त गरेका छन् । कार्यक्रममा गोर्खा वेल्फर ट्रस्ट नेपालका असिसटेन्ट थल राणा, नेचासल्यान गााउपालिकाका राजनितिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार