बाक्सिला फुटबल क्लब बन्यो च्याम्पियन

  सुमेरु संबाददाता

खोटाङ, असार ७

खोटाङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगीताको उपाधि बाक्सिला फुटबल क्लवले चुमेको छ । शनिबार सम्पन्न प्रतियोगीतामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्दै बाक्सिला फुटबल क्लवले उपाधि उचालेको हो । बाक्सिला फुटबल क्लवलाई विजेता बनाउनका लागि जर्सी नम्बर ९ का खेलाडी गंगा मगर र जर्सी नम्बर ७ का खेलाडी भीम राईले पहिलो हाफमा १÷१ गोल गरेका थिए । हारसँगै खोटाङ फुटबल एकेडेमीले उपविजेतामा चित्त बुझाएको छ ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीताका बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्ने अवशर पाएको प्रतियोगीताका आयोजक जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताए । प्रतियोगीतामा खोटाङ भगवती स्पोर्टस क्लवका जीवन परियार उत्कृष्ट डिफेन्डर, हलेसी तुवाचुङ फुटबल क्लवका डिकेन राई उत्कृष्ट मिडफिल्डर, खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय हाइस्कोरर र बाक्सिला फुटबल क्लवका नविन राई बेष्टकिपर घोषित भए ।

प्रतियोगीताका बिजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दिपक राई लगायतले पुरस्कार प्रदान गरेका छन् । जिल्ला लिगमा फुटबल संघमा आवद्ध जिल्लाका १० वटा फुटबल क्लवले मात्र प्रतिष्पर्धा गरेको संघले जनाएको छ । बुईपा इलाभेन स्पोर्टस टिम र जन्तेढुंगा फुटबल क्लव रेलीगेसनमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार