‘दुधकुण्ड पोखरी’ टुरिजम डेस्टिनेसन अवार्डको दुई विधामा मनोनयन

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ७

ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिजम डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयनका दुई विधामा सोलुदुधकुण्ड नगरपालिकाको ‘दुधकुण्ड पोखरी’ परेको छ ।

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरिएको अर्वाडमा पब्लिक च्वाईस र वेष्ट भिडियो अफ दि इयर विधामा नोमिनेशन भएको छ ।

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायले ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरिएको हो ।

पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।

अवार्डको अन्तिम घोषणा आगामी अषाढ १६ गते (जुलाई १) मा काठमाडौँको दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार