रक्तदान कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन् ?

  सुमेरु संबाददाता

हाम्रो समाजमा कतिपय राम्रो अभ्यास पनि भइरहेका छन् । जस्तो कि, रक्तदान । कुनैपनि अवसर पारेर गाउँ, टोल, चोक, गल्लीमा रक्तदान कार्यक्रम राखिन्छ । भनिन्छ, ‘रक्तदान, जीवनदान ।’

अर्थात हामीले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्युको संकट टर्छ । नयाँ जीवन पाउँछन् । यसर्थ हामीले रक्तदान दिएपछि त्यसले अरु कुनै पीडित व्यक्तिको उपकार हुन्छ ।

तर, हामीलाई के भ्रम हुनसक्छ भने रक्तदान दिनु भएको अरुको हितको काम गर्नु हो । रक्तदान दिइरहँदा अरुलाई त त्यसबाट लाभ मिल्न सक्छ नै, आफुलाई पनि । रगत दान दिनु भनेको हामीले कुनै हानी-नोक्सानी व्यहोर्नु हुँदै होइन । यसले हाम्रो शरीरलाई हित गर्छ ।

रक्तदान किन ?

अहिले विश्वमा कयौ मानिस विभिन्न रोगबाट ग्रसित छन् । कयौ अस्पतालमा मानिसहरु रगत अभावमा छटपटाइरहेका छन् । प्रसव वेदना क्रममा अत्याधिक रक्तश्राव कयौ महिला अहिले छटपटाइरहेको अवस्थामा छन् । यस्तो अवस्थामा कसैले थोरै मात्र रगत पाउने हो भने मात्र पनि उसको ज्यान बच्न सक्छ । जबकी रगत पाउन केही सेकेण्डको ढिलाईले मात्र पनि मानिसको मृत्यु हुन सक्छ ।

यस अर्थमा भन्नु पर्दा रक्तदानको महत्व त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ, जसलाई जीवनमा साच्चै नै रगतको आवश्यक्ता पर्छ । त्यसैले रक्तदानलाई जीवनदान पनि भनिन्छ ।

अमेरिकन रेडक्रसका अनुसार एकपल्टको रक्तदानले तीन जनाको ज्यान बचाउन सकिन्छ । रक्तदान गरेमा समस्यामा परेको व्यक्तिलाई त फाइदा हुन्छ नै, दान दिने व्यक्ति समेत यसबाट लाभान्वित हुन्छन् ।

त्यो कसरी भन्दा जब हामी रक्तदान गर्छौ, हाम्रो शरीरबाट बाहिरिएको रगतको भरपाई शरीरले दुई-तीन दिन भित्रमै गरिदिन्छ । त्यतिमात्र हैन, रक्तदानले तनाव कम गर्नुका साथै, शरीरलाई स्वस्थ राख्छ ।

तर हाम्रो जस्तो विकसित मुलुकमा रक्तदानको महत्वबारे थाहा नहुँदा आज पनि मानिसमा रक्तदानलाई लिएर कयौ भ्रम छ । उनीहरु सोच्छन्, रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । त्यसैले, रक्तदान गर्नु हुँदैन ।

रक्तदानका फाइदा

जबकी विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ ।

त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ । सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।

के छ रक्तदानको फाइदा ?

-रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ ।

-रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तिव्र गतिमा बढ्न थाल्छ ।

-शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।

-रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ ।

-रगतहरुमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति यूनिभर्सल डोनर हुन्, अर्थात उनीहरु जो कसैलाई आˆनो रगत दान दिन सक्छन् ।

-एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।

कस्ता-कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?

-१८ वर्ष माथिका तथा ६८ वर्ष उमेर समूहका कुनै पनि स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् ।

-जसको तौल ४५ किलो भन्दा धेरै छ ।

-जसको रगतमा हेमोग्लोविनको मात्रा १२ प्रतिशत भन्दा धेरै छ ।

-रक्तदान गर्ने व्यक्तिले एन्टीबायोटिकको सेवन नगरेमा

-पछिल्लो तीन वर्षमा जण्डिस वा कुनै ठूलो शल्यक्रिया नगरेमा

-एक रक्तदाता वर्षमा कम्तीमा चार पटक तीन-तीन महिना महिनाको अन्तरालमा रक्तदान गर्न सक्दछन् ।

कसले रक्तदान गर्न सक्दैनन् ?

-गम्भीर रोगबाट ग्रसित व्यक्तिले

-स्तनपान गराउने महिला

-महिनावारी भएको बेला

भनिन्छ, रक्तदान नै जीवनको सबैभन्दा ठूलो दान हो । एक पटक गरेको रक्तदानले मात्र पनि कयौ जीवन बचाउन सकिन्छ । त्यसैले, आफू पनि रक्तदान गरौ र अरुलाई पनि रक्तदान गर्न प्रेरित गरौ, ताकी आवश्यकता पर्दा कयौ मानिसलाई नयाँ जीवन प्रदान गर्न सकियोस् । अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार