ईन्जिनियरको दोहोरी गीत

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

धर्मराज पोखरेल पेशाले ईन्जिनियर हुन् । आफ्नो पेशामा सफल मानिएका पोखरेल समाजसेवा र लोक गीत गायनमा पनि उत्तिकै सक्रिय छन् । त्यहि उदाहरण हो, ‘यत्ति कुरा’ ।

लामो समय पश्चिम भेगका कलाकारको संगत गरेका उनले पुर्वेली गीत पनि आधा दर्जनको हाराहारीमा पाएका छन् । तर ‘यत्ति कुरा’ पश्चिमेली शैलीको दोहोरी गीत हो ।

गायक पोखरेललाई अर्का गायक सुरेशरमण अधिकारी, गायिका देवी घर्ति मगर र स्मृती शाहीले स्वरमा साथ दिएका छन् । गीतका सर्जक शिखर गजरकोटे सञ्चारकर्मी हुन् । उनी हिमाली जिल्ला सोलुखुम्बुमा बसेर सञ्चारकर्ममा तल्लिन छन् ।

बिबि अनुरागीको संगीतसंयोजन रहेको गीतको भिडियो शंकर विसीले निर्देशन गरेका हुन् । नृत्यमा निर्देशक विसीलाई डिजिटल बजारमा चलेकी मोडेल अन्जली अधिकारीले साथ दिएकी छिन् ।

कृष्ण फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा दुर्गा पौडेलले दृष्य छायांकन गरेका हुन् भने भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

 

https://youtu.be/J9FSCqcPXL0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार