नमस्ते कोलोराडो सांगीतिक साँझ हुने

  सुमेरु संबाददाता

कालोराडो, अमेरिका

हाम्रो आवाज अनलाईन टिभीको प्रस्तुतीमा अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा अगष्ट–३ तारेखमा सांगीतिक साँझ हुने भएको छ ।

नमस्ते कोलोराडो नाम दिईएको सांगीतिक साँझ Unity Church 2855 Folsomst co 80304 Boulder मा साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा लोकप्रिय गायिका सत्यकला राई, महेश बुढाथोकी, बसन्त लम्साल, दिनेश कुमार कार्की, गौतमसागर राईको सांगीतिक प्रस्तुती रहने छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण हाम्रो आवाज अनलाईन टेलिभिजनबाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार