भ्रामक समाचारप्रति माप्य गाउँपालिकाको आपत्ति

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २२

माप्य दुधकोशी गाउँपालिकाको विकास निर्माणका विषयमा भ्रमक र तथ्यहिन समाचार प्रकाशन भएको प्रति गाउँपालिकाले आपत्ति जनाएको छ । अध्यक्ष बुद्धिकिरण राईले जारी गर्नुभइको प्रेस विज्ञप्तीमा केही अनलाईन मिडियामा कपोल्कल्पित समाचार प्रकाशन हुनुलाई व्यक्तिगत मान मर्दन गर्ने र दुरासयपुर्ण ढंगबाट समाचार सम्प्रेषण भएको उल्लेख छ ।

केही दिन अघि एक अनलाईनमा गाउँपालिकाका अध्यक्ष स्वइच्छाचारी भएको, अदालतमा मुद्धाहरुको चाङ लागेको जस्ता आरोप लगाई भएको समाचार सम्प्रेषण गलत भएको विज्ञप्ती मार्फत स्पष्ट पारिएको छ । गत असार ९ गते गाउँसभाले पारित गरेको निति तथा कार्यक्रम र बजेटका विषयमा लेखिएको समाचारमा समेत यर्थाथ नभएको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

गाउँपालिकाको लोकप्रिय योजनाहरु सफल हुन नदिन केही खराव मानसिकता भएका मानिसहरु सलबलाएको भन्दै आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेट सर्वस्विकार्य रहेको दाबी गरिएको छ भने भ्रामक समाचारको पछि नलाग्न अपिल गरिएको छ ।

गाउँपालिकाको केन्द्रको बारेमा सर्वाेच्च अदालतमा विचारधिन रहेको मुद्धा बाहेक गाउँपालिका र र आफ्नो नाममा समेत कुनै मुद्धा मामिला नरहेको अध्यक्ष राईको भनाई छ । केही दिन अघि एक अनलाईनमा अध्यक्षको दुई बर्ष मुद्धैमुद्धा शिर्षक राखेर समाचार प्रकाशन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार