‘सोलुदुधकुण्ड’ले ल्यायो ५० करोड बढिको बजेट

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २२

सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६–७७ का लागि ५० करोड भन्दा बढिको बार्षिक बजेट ल्याएको छ । असार १० गते निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आईतबार पाँचौ नगरसभाबाट आगामी आर्थिक बर्षको बार्षिक बजेट ल्याएको हो । मेयर नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा भएको नगर सभाबाट ५० करोड, ६१ लाख ७९ हजारको बजेट पारित गरिएको छ ।

मोटरेबल पुल निर्माणको लागि ४ करोड ४२ लाख बजेट विनियोजन गरेको नगरले सडक तर्फ ३ करोड ८६ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरपालिकाले ११ वटा वडाका कार्यक्रमका लागि ४ करोड ९५ लाख, ऊर्जा तथा विद्युत तर्फ एक करोड ३ लाख, खेलकुद तर्फ ३८ लाख, शिक्षा तर्फ एक करोड ८ लाख ९२ हजार, स्वास्थ्य तर्फ ५२ लाख, कृषि, पशु र सिंचाई तर्फ एक करोड २९ लाख २९ हजार तिन सय बजेट विनियोजन गरिएको छ ।

खानेपानी तर्फ ६३ लाख, पर्यटन र धर्मसंस्कृती तर्फ एक करोड ८५ लाख ५० हजार, फोहोरमैला व्यवस्थापनमा ५३ लाख, लक्षित वर्गतर्फ एक करोड ८ लाख ९२ हजार, मानव संशाधन विकास तर्फ ९ लाख ८४ हजार ५ सय र सुशासन तथा संस्थागत क्षमता विकास तर्फ ६३ लाख बजेट विनियोजन गरिएको नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्य विविध कार्यक्रम तथा कोष तर्फ ८६ लाख ८७ हजार, प्रशासनिक खर्च तर्फ ७ करोड ४२ लाख ३६ हजार दुई सय र सर्सत कार्यक्रम अन्तरगत २१ करोड ८५ लाख गरि ५० करोड ६१ लाखको बजेट पारित गरिएको छ । नगर सभाले चालु आर्थिक बर्षको आम्दानी र खर्च विवरण समेत अनुमोदन गरेको प्रवक्ता शारदामाया तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार