सल्लेरीमा चोर्दै गर्दा एक यूवक पक्राउ

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २२

सोलुखुम्बुमा एक यूवा चोर्दै गर्दा पक्राउ परेका छन् । सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागी धर्रा जान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन् । आईतबार विहान करिब ८ बजेतिर पसलमा कोही नभएको दाउ छोपी यूवकले पैसा राख्ने धर्रा नान्दै गर्दा पसल संचालकले देखेका थिए ।

सिसि क्यामराको सहायताले मगरलाई पक्राउ गरिएको हो । दुव्र्यसनीको नशामा रहेका मगरसंग सोधपुछका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उत्तम कार्कीले बताए । पक्राउ परेका यूवा सामान्य अवस्थामा फकिएपछि अनुसन्धान शुरु गर्ने निरिक्षक कार्कीको भनाई छ ।

विहिबार राति सल्लेरीका लघुवित्त सहित दुई सुनचाँदी र किराना पसलमा चोरीको प्रयास भएको थियो । बसन्तबजार स्थित सामुदायीक लघुवित्त, श्याम सुनचाँदी र न्यू–शुभलक्ष्मी सुन्दचाँदी पसल र जोरबौद्ध स्थित एक किराना पसलमा चौरीको प्रयास भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार