प्रधानमन्त्रीलाई ‘सिस्नो’ उपहार

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २६

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ सोलुखुम्बुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई सिस्नो उपहार पठाएका छन् । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणबाट पछि हट्ने निर्णय गरेको विरोधमा दबाब स्वरुप नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्लाबाट अर्गानिक सिस्नो उपहारको रुपमा पठाएका हुन् ।

तरुण दल र विद्यार्थी संघले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरमार्फत आयातित तरकारी र फलफूलको विषदी परिक्षण गर्नका लागि दबाबमूलक ज्ञापन पत्र सहित सिस्नो प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका हुन् ।

अर्गानिक तरकारीको प्रयोगमा ध्यान दिउँ भन्ने सन्देश सहित ग्रामिण भेगमा तरकारीको रुपमा प्रयोग गरिने सिस्नो प्रधानमन्त्रीलाई दबाबका लागि उपहार पठाएको नेपाल तरुण दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार