यसरी भत्किएको थियो, सल्लेरीमा घर (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २७

लगातारको बर्षासंगै सोलुखुम्बुको सल्लेरीमा व्यवसायीक रुपमा प्रयोग हुदै आएको ढुंगा र माटोले बनेको पुरानो घर भत्किदा भाडावर्तन पुरिएको छ । विहिबार स्थानीय दावाफिन्जो शेर्पाको घर भत्किदा व्यवसाय संचालन गर्दै आएको सुमन भाँडा पसलका लाखौको सामाग्री पुरिएको छ ।

घरको पछाडीको सानो भाग खसेपछि अघिल्लो भागमा राखिएको सामाग्री बाहिर निकालिएको थियो । विहान करिब १०ः३० बजेतिर पछाडीको पुरैभाग खसेपछि पसलका भाडावर्तन पुरिएको हो । भत्किएको भग्नावशेषले सामाग्री पुरेकाले क्षतिको विवरण तत्काल निकाल्न कठिन भएको प्रहरीले जनाएको छ ।

घर भत्किन शुरु भएपछि सुरक्षाका लागि आएका शसस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश नेपाली घाईते भएका छन् । तल्लो भागमा रहेका सहायक हवल्दार नेपाली घर भत्किदा अताल्लिएर भाग्ने क्रममा लडेर घाईते भएका हुन् । लडेपछि वेहोस बनेका नेपालीको खुट्टाको हड्डी चर्किएको चिकित्सकले बताएका छन् । उनको जिल्ला अस्पताल फाप्लुमा अपचार भईरहेको छ ।

भत्किएको घर करिब ५० बर्ष पुरानो भएको स्थानीयले बताएका छन् । २०७२ सालको भुकम्पपछि जिर्ण बनेको घर भत्काईएको थिएन् । भुकम्पपछि मानिस बस्न छाडिएपनि भाँडा पसल संचालनमा थियो । तल्लो भाग पुरै खसेको जोखिमपुर्ण घरको बाँकी भाग स्काभेटरको प्रयोग गरेर विहिबार नै भत्काईएको छ ।

 

दुखद खबर…..सल्लेरी स्थित सुमन श्रेष्ठको पुरानो घर भत्किएको दृश्य

Gepostet von शिखर 'पुरुष' am Mittwoch, 10. Juli 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार