रमितेको मदन स्टोर्समा चोरी

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २८

सोलुदुधकुण्ड नगरपालिका ११ तिङला रमिते स्थित मदन स्टोर्समा चोरी भएको छ । स्टोर्सबाट कम्तीमा ८ थान मोबाईल, रिचार्ज कार्ड र केहि नगद गरि दुई लाख बराबरको चोरी भएको संचालक मदन राईले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । प्राईम कर्मसियल बैँक नजिकै रहेको रहेको स्टोर्समा गएराति १ बजेपछि चोरी भएको बताईएको छ ।

केहि दिन अघि सल्लेरीमा एक लघुवित्त सहित ४ पसलमा चोरीको प्रयास गरिएको थियो । प्रहरी खोजी कार्य जारी राखेको बताएपनि चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन् ।

त्यस्तै, सल्लेरीको एक कपडा पसलमा चोर्दाचोर्दै पक्राउ परेका केरुङका प्रकाश मगर अन्य चोरीमा संलग्न नभएको प्रहरी बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार