यस्तो बन्यो, नेचासल्यान गाउँपालिकाको ‘गान’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार २९

केहि दिन अघि काठमाण्डौमा आयोजित एक कार्यक्रममा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आफ्नै गाउँपालिका गान र प्रर्वद्धन गीत सार्वजनिक गरेको छ । राष्ट्रिय गान पछि गाईने आफ्नै गाउँपालिका गान निर्माणमा जिल्लास्तरमा पहिलो स्थानीय तह बनेको छ ।

शिरमाथि तिल्पुङ, गैरी बोलको गाउँपालिका गान ओखलढुंगाका श्रीकृष्ण चौंलागाइँ लेखेका हुन् भने जसिहाङ राईले संगीत गरेका छन् । गाउँपालिका गान लेखनका लागि गाउँपालिकाले खुला प्रतिस्प्रर्धाको निति अपनाएको थियो । ११७ अक्षर ४७ शब्दमा तयार भएको गीतमा अधिकांश नेचासल्यानका गायक गायिकाले स्वर दिएका छन् ।

भूवनसिं राइर्, जसिहाङ राई, प्रवेश राई, मनराजबाहिङ, ललित राई, किरण सरगम, मुना राई, बेनुका राई, तायाहाङमा राई, बबिना किराती र शुष्मा राईको स्वर समाबेश गरिएको छ ।

गाउँपालिकाले प्रर्वद्धन गीत पनि सार्वजनिक गरेको छ । सगरमाथाको फेदमुनि बोलको प्रर्वद्धन गीतमा जसिहाङ राईको गीत रचना र संगीत रहेको छ ।

उक्त गीतमा जसिहाङ राई, राईबहादुर राई‘मिलन’, स्व. श्रीमानथुलुङ, दौलत राई, प्रवेश राई, वासुदेव कट्टेल, मुना राई, बबिना किराती, मनिता चाम्लिङ, सदीक्षा कट्टेल र शुष्मा राईले स्वर दिएका छन् । सार्वजनिक गरिएको गाउँपालिका गानलाई राष्ट्रिय गान पछि गाउने र प्रर्वद्धन गीतलाई गाउँपालिकाको चिनारीको रुपमा प्रस्तुत गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार