थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई रसिया प्रस्थान

  सुमेरु संबाददाता

सोलुखुम्बु, असार ३०

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई एक हप्ते रसिया भ्रमणका लागि प्रस्थान गरेका छन् । एसिया प्यासिफिक रिजनल इन्टरनेट गभरमेन्ट्स फोरमले रसियाको भ्लाडिभस्टकमा आयोजना गर्न लागेको स्थानीय तहसम्बन्धि एक विशेष कार्यक्रममा भाग लिन उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष राईले रुसमा ‘ई गभरमेन्ट फर सिटिजन इम्पावरमेन्ट अफ रुरल मनिसिपालिटी’ विषयमाथि गेष्ट स्पीकरको रुपमा आफ्नो प्रस्तुतीकरण दिनेछन् ।

संघीय व्यवस्थाअनुसार स्थानीय तहले जनतालाई सेवा प्रवाह गर्दा ईन्टरनेटको प्रयोगबाट कसरी जनतालाई सहज र सुलभ सेवा दिने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुने भएकाले समग्र गाउँपालिका र जनताका लागिसमेत यो कार्यक्रम फलदायी हुने अध्यक्ष राईले बताए ।

५० वटा देशहरुको सहभागिता रहने उक्त कार्यक्रममा नेपालबाट अध्यक्ष राई र प्रधानमन्त्री कार्यलयअन्तर्गत सूचना परिषद, नेपाल टेलिकमका विज्ञसहितको चार सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार