सोलुखुम्बु, असार ३०
नेपाली कांग्रेस सोलुखुम्बुका निर्वतमान सभापति आङगेलु शेर्पालाई क्यानडामा स्वागत तथा सम्मान गरिएको छ ।
पार्टी जनसम्पर्क तथा भ्रमणका लागि क्यानडा पुगेका शेर्पालाई नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाले स्वागत तथा सम्मान गरेको हो ।
तिन कार्यकाल जिल्ला कार्य समितिको नेतृत्व गरेका शेर्पालाई योगदानको कदर गर्दै स्वागत तथा सम्मान गरिएको जनसम्पर्क समिति ९क्यानडा०का सभापति बुद्धिप्रकाश वलीले जानकारी दिए ।