हावाहुरीले सयौँ हेक्टरमा लगाईएको मकै खेति सखाप

कृषक राहतको आशामा

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १

आईतबार र सोमबार आएको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका भित्र करिब एक हजार हेक्टरमा लगाईएको मकै खेतिमा क्षति पु¥याएको छ । भर्खर चमर हाल्दै गरेको मकै हावाहुरीले ढालेपछि कृषकहरुले क्षतिको मुल्यांकन गरि राहतका लागि स्थानीय सरकार र प्रशासन गुहारेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ६ टपुटारका १९ तामाङ परिवारले लगाएको मकै खेति हुरीले सखाप पारेपछि पिडित कृषकहरु क्षतिको मुल्यांकन गरि राहतको माग गर्दै मंगलबार वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएका छन् । अपांग र बृद्ध सहितको एक टोलीले मकैमा क्षति पुगेपछि खाद्य संकटको समस्या निम्तने भन्दै राहतको माग गरेको छिरिङ तामाङले बताए । अपांग समेत रहेका तामाङले भने, ‘बर्षभरि खाने मकै हावाहुरीले सखाप पारेपछि सरकारले दुखमा साथ दिए हुन्थ्यो ।’

आईतीमाया तामाङले मकै सखाप भएपछि बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता बढेको बताईन् । उनले भनिन्, ‘अहिलेसम्म यस्तो विपती थाहै थिएन्, हावाहुरीले अहिले मारमा पा¥यो । प्रशासनले क्षति हेरेर राहत दिए गरिबको घाउमा मल्हमपट्टी लाग्थ्यो ।’ जितमान तामाङले कृषकको मर्म बुझाउन वडा कार्यालय र जिल्ला प्रशासनसमक्ष पुगेको बताए । ‘आफ्नो दुख विसाएका छौ । उहाँहरुले दुखमा साथ दिनुहुन्छ होला भन्ने आशा छ ।’ टपुटारमा मात्रै चमर खेल्न लागेको मकै ढल्दा १६ लाख बराबरको क्षति पुगेको कृषकहरुले बताएका छन् ।

नगरपालिकाको केरुङ, गार्मा, तिङला, तामाखानी लगायतका क्षेत्रमा सयौँ कृषकले लगाएको मकै बालीमा पुर्णरुपमा क्षति पु¥याएको छ । पानी सँगै आएको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ घुन्सामा पनि ६० घरले लगाएको मकै खेतिमा क्षति पु¥याएको सोनाम तामाङ जानकारी दिए । यता, वडा नम्बर ९ गोराखानी स्थित लाम्चा, जैदु, धारपानी र छेवरमा पनि हावाहुरीले मकैको बोट सखाप पारेको वडाध्यक्ष काजि शेर्पाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आश्वासन पाएका पिडित कृषकहरु परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । विपद्ले मकै बालीमा पु¥याएको समस्या थाहा पाएकाले क्षतिको मुल्यांकन गरेर राहत रकम उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको मेयर नाम्गेलजाङबु शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार